नारायणीमा बग्दै आएका पुरुषको उद्वार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने नारायणी नदीमा बगिरहेका एक पुरुषलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

अन्दाजी ४०–५० वर्षीय ती पुरुष नदीमा बग्दै आएको देखेपछि सशस्त्र प्रहरी बल नेपाल, आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए ।

उद्धार गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थापाले जानकारी दिए ।