छुट्टा छुट्टै स्थानमा तीन जना मृत फेला

काठमाडौं । धादिङ, सिद्धलेक गाउँपालिका–५ आँपटार बस्ने ३० वर्षीय सोम बहादुर चेपाङ सोही गाउँपालिका–५ स्याकुटारस्थित सडक छेउमा हिजो(शनिबार) मृत अवस्थामा फेला परेका छन् ।


यस्तै काभ्रे, पाँचखाल नगरपालिका–३ थुम्का बस्ने ४९ वर्षीया मान कुमारी सुनुवार आफ्नै घरमा गए राति मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी चितवन, भरतपुर महानगरपालिका–१ पुलचोकस्थित नारायणी नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।