बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसी रहेका छन् । बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया