कैलाली । प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा १द्द जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जना रहेका छन् ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रूपैयाँ, ३ हजार भारतीय रूपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया