काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ भारतको उत्तराखण्डको काशिपुरमा बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ । बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको पहलमा उनीहरुको उद्धार गरिएको हो ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो ।
उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ । उद्धार गरिएकाहरूलाई कानुनी प्रक्रिया सम्पन्न गरी नेपाल पठाइनेछ ।
प्रतिक्रिया