धनकुटा । धनकुटा नगरपालिका १० उत्तरपानीमा आज बिहान आफ्नै घरको बरण्डाबाट लड्दा महिलाको मृत्यु भएको छ ।
स्थानीय ईश्वर घिसिङकी ५० वर्षीया श्रीमती प्रमिला राई घिसिङ आफ्नै घरको दोस्रो तल्लाको बरण्डाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । घटनास्थलमा प्रहरी टोली खटिएर कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया