रास्वपाबाट निकालिएका ढाकाराम समातिए

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका प्रतिनिधिसभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो ।

यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको पाेल खुलाएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो ।

यसअघि साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रकाशले लागुऔषध ढाकाकुमारको फार्मेसिबाट खरिद गरेको वयान दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले पुष्टि गरे ।
नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।