रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्न नदिएका रास्वपा र राप्रपाले अन्ततः संसद बैठक बहिस्कार गरेका हुन् ।

यसअघि राप्रपाले मात्रै संसद बहिस्कार गरेकोमा यो पटक रास्वपाले पनि बैठक बहिस्कार गरेर बाहिरिएको हो ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो बारेमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद अबरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सो माग सम्बोधन नभए पछि रास्वपा र राप्रपाको बिरोधका बिचमा बजेट र बिनियोजन बिधेयक माथी छलफल जारी राखे पछि उनीहरू नाराबाजी गर्दै बैठक स्थलवाट बाहिरिएका हुन ।