सुनको मुल्यमा ८०० रूपैयाँले गिरावट

काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँ घटेको हो । 

जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । 

साथै, चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री गर्न भइरहेको छ ।

गत बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।