त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्।

भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंहलाई उक्त परिणामको सुनसहित पक्राउ गरिएको हो ।

उनलाई मंगलबार राति १ किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो।

उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन्। चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

ुउनलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।