काठमाडौं । सरकारले इजरायलबाट नेपाल फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।
इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने उदेश्यले नामावली संकलन थालिएको हो ।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।
इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया