यस्ताे रहन्छ आजकाे माैसम

काठमाडौँ । हाल मुलुकमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका विभिन्न भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

बिहानीपख तराई क्षेत्र, उपत्यका र नदी किनारका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभागका साथै देशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश र मधेश प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।