काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर आज नेपाल फर्किएका छन् । उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली गएका थिए ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङ भारत भ्रमणका क्रममा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी भएका थिए ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण थियो । भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यसूचीसमेत रहेको थियो । निर्धारित कार्यसूचीअनुसार असोज २७ गते शाहसँग भेटवार्ता गर्ने कार्यक्रम थियाे ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला गृहमन्त्री गुरुङ भारत गएका थिए ।










प्रतिक्रिया