पाेखरामा विद्यार्थी सवार बस दुर्घटना

पोखरा । पोखरा २८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ ।

बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो।

बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको छ । घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरू गरी सकेको छ । उद्धार गरिएका ५ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।