जडिबुटीमा गाेली चल्याे, तीन पक्राउ

काठमाडौँ । लुटपाटमा संलग्न व्यक्ति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियोे ।

लुटेराहरुले उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि गोली चलाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताए ।

प्रहरीले त्यहाँबाट लुटपाटमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको घिमिरेले बताए ।

घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।