सर्बाेच्चकाे नयायाधीसमा चार जना सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ।

परिषद्को आज बसेको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।

सिफारिसमा परेका बागचन्द उच्च अदालत पोखरामा कार्यरत छन् भने सारू, पाण्डे र डाँगी उच्च अदालतका मुख्य न्यायाधीश हुन्।