काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख नौ हजार र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।










प्रतिक्रिया