त्रिशुलीमा आएको बाढीले चरौदीको झोलुङ्गे पुल बगायो

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण चरौँदीमा रहेको झोलुङ्गे पुल बगेको छ ।

आज बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुललाई बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर क्षति पुर्‍याएको जनाएको छ । भने बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि झति पुर्‍याएको छ ।