सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ)

काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।

आजसिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो ।