चितवन । रसुवाको बाढीले बगाएकाको शव चितवनको नदी किनारामा भेटिने क्रम बढेको छ ।
चितवन प्रशासनका अनुसार अहिले ८ बजेसम्मको विवरण अनुसार ६७ शव भेटिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छिनछिनमै शव भेटिन थालेको जानकारी दिए ।
उनका अनुसार शवको पहचान गर्न पनि कठिन जस्तो देखिएको छ । प्रशासनले हेल्प डेस्कको व्यवस्था गरेर आफन्तको पहिचान गर्न आउन आह्वान गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।
चितवनका अस्पतालहरुमा एकैपटक ५० वटा शव भन्दा बढी व्यवस्थापन गर्न सकिने अवस्था पनि नभएकोले शव व्यवस्थापनमा समेत चुनौती भएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार शव व्यवस्थापनको वैकल्पिक स्थानको समेत व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । उनले एउटा खाली सरकारी घरलाई व्यवस्थापन गरेर शव राख्ने तयारी गरिएको पनि जानकारी दिए ।











प्रतिक्रिया