प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाकाे बैैैठक अनिश्चितका लागि स्थगित भएकाे छ ।

संसद सचिवालयले हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।

संसद बैठक आज बाेलाईएकाे थियाे ।