के के गर्याे सरकारले निर्णय ?

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार  घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिए ।

त्यस्तै घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि सरकारको निर्णय छ ।