बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घाेषणा

काठमाडौं । सरकारले विपद्बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।

आज आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्ला प्रभावित भएका छन्।