रसुवामा बेपत्ता प्रहरी सम्पर्कमा आउन थाले

काठमाडौं । रसुवा बाढीका क्रममा बेपत्ता भएका नेपाल प्रहरीका कर्मचारीमध्ये केही सम्पर्कमा आएका छन् । तीमध्ये प्रायः घाइते अवस्थामा छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरेमा १० जना प्रहरी सम्पर्कमा आउँदा १३ प्रहरी अझै बेपत्ता छन् ।

उनका अनुसार स्याफ्रुबेसीबाट ४ र मैलुङबाट एकजना प्रहरी सम्पर्कमा आउँदा तीसहित रसुवागढी अन्य प्रहरी सम्पर्क बाहिर छन् ।

सम्पर्कमा आएका र घाइते भएका प्रहरीलाई तत्काल उद्धार गरी उपचाका लागि काठमाडौं ल्याउने प्रयास भइरहेको उनले बताए ।