तिब्बतबाट आएकाे बाढीले रसुवामा ठूलाे क्षति

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको छ ।

बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको बताइएको छ ।

रसुवाका पत्रकार हेमनाथ खतिवडाले स्याफ्रुबेशी किनाराका बस्तीहरुमा बाढी पसेर क्षति पुगेको बताएका हुन् ।

तिब्बत क्षेत्रमा बाढी आएको विषय त्यहाँको प्रशासनले बिहानै रसुवा प्रहरी प्रशासनलाई खबर गरेको उनले बताए ।

बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।