काठमाडौं । बाग्मतीमा एमाले नेतृत्वको सरकारले विश्वासकाे मत पाएकाे छ । मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभा बैठकमा विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्रीलाई ५७ जना संसदले विश्वासको मत दिएका छन् । विपक्षमा कुनै पनि मत खसेन । कांग्रेसले मतदान बहिष्कार गरेको थियो । राप्रपाका केहीले पक्षमा मतदान गरे भने केहीले बहिष्कार गरे ।
मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक थियो । बाग्मतीमा एमाले र नेकपाका गरी ५१ जना सांसद छन् । अन्य मतहरू राप्रपाका हुन् ।










प्रतिक्रिया