एसपी रुपेश खड्का आक्रमक : धनुषामा तीन महिना नपुग्दै १६९ फरार प्रतिवादी पक्राउ , ४ सय ७६ जनामाथी अनुशन्धान

जनकपुर । गएको जेठ २३ गतेदेखी धनुषा जिल्लाको कमाण्ड सम्हालेका एसपी रुपेश खड्का आक्रमक देखिएका छन् । सरुवा भएर आएको तीन महिना पनि बित्न नपाउँदै अदालतले सजाय र जरिवाना तोकेका १ सय ६९ जना प्रतिवादी पक्राउ गरेर एसपी खड्काले नयाँ किर्तीमान नै राखेका छन् । त्यस्तै यो समयावधीमा शंकित ४ सय ७६ जनालाई पक्राउ गरेर अनुशन्धान अघि बढाएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणमा पनि उनको सक्रियताको प्रशंसा गरिएको छ । त्यस्तै यही समयावधीमा
सीमा क्षेत्रबाट ८३ लाख ८७ हजार १ सय ३६ रुपैयाँ बराबरको भन्सार छलि गरि लैजाँदै गरेका चोरी पैठारीका सामान पक्राउ गरेका छन् भने चोरी पैठारीमा संलग्न ५ जनालाई पक्राउ गरेर आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यसैगरी जनकपुरको अतिक्रमित जग्गा खाली गराउँदैगर्दा नागरिकको धनमाल जोगाउन एसपी खड्का आफै सक्रिय भएर लागेका थिए । एसपी खड्काले भत्काईँदै गरिएका घरहरुका सरसामान हटाउँदै गर्दाको भिडियो भाईरल बनेको थियो । उक्त भिडियो बाहिरिएपछि जनस्तरमा एसपी खड्काको प्रशंसा ब्यापक चुलिएको छ ।