काठमाडौँ । कांग्रेसको १५औँ महाधिवेशनविरुद्धको देउवासमूहको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न इन्कार गरेको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवणकुमार श्रेष्ठले दिएको रिट सर्वोच्चले दर्ता नगरी अध्ययनका लागि राखेको हो।
उक्त समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएको थिए।
सर्वोच्चले उक्त मुद्दामा पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ।










प्रतिक्रिया