काठमाडौं । पूर्वसञ्चारमन्त्री जगदिश खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तामा मनोनित गरेको छ । आज बसेको रास्वपा केन्द्रीय समितिको वैठकले उनलाई प्रवक्तामा मनोनयन गरेको हो ।
खरेल गत संसदीय निर्वाचन अगाडि मात्रै रास्वपा प्रवेश गरेका थिए । उनी लामो समयदेखि सञ्चारकर्ममा क्रियाशील रहेर राजनीतिमा होमिएका हुन् । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री रहेका थिए ।










प्रतिक्रिया