काठमाडौँ । चेक बाउन्स मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको मुद्दामा आज टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।










प्रतिक्रिया