सिमरा । बारा जिल्लाकाे जितपुर सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरी बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरीको जबरजस्ती बलात्कार गरेर हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे हो ।
यही साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी तीन वर्षीया गरिमा हिजो साँझ जीतपुर सिमरा–१, भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एक तले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले घटनामा संलग्न जीतपुर सिमरा–२, बस्ने १६ वर्षीय सुमन थापा र सोही उपमहानगर–१, निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार प्रोग्रेस म्याजिक गाडी चालक र सुमन सहचालक रहेका छन् ।
उनीहरुले बालिकालाई चकलेट दिएर ललाईफकाई घटनास्थलमा लगी बलात्कार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया