रास्वपाले आफ्ना सांसदलाई कडाई गर्ने

काठमाडौं । रास्वपाले संसदीय दलको विधान संशोधनको लागि कार्यदल बनाएको छ।

आज बसेको दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल बनाएको उपनेता गणेश पराजुलीले जाकनरी दिए ।

उनका अनुसार उक्त कार्यदलले आगामी ७ दिनभित्र विधान आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाउनेछ।

सदनमा सांसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनको लागि आवश्यकता अनुसार संशोधन गर्ने गरी विधान संशोधन गर्न कार्यदल बनाएको बताए।