भीमफेदीमा कार दुर्घटना, छ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडा आइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो ।

आज बिहान भएको दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका छन् । ४ पुरुष र २ महिला सवार स्कारपिओ भिरमा खस्दा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हेटौँडा अस्पतालमा ल्याइएका घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।