प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा  उक्त प्रस्ताव निर्णयार्थ पेस गरेकोमा बहुमतले स्वीकृत भएको थियो ।

यसअघि साउन २६ गतेको बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन ।