काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा थाई एयरलाइन्सको उडानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् । अध्यागमनस्रोतका अनुसार विमान १२ः४५ को समयमा अवतरण हुने पूर्वनिर्धारित तालिका छ ।
काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित (एस्कर्ट) जाने व्यवस्था मिलाइएको छ ।










प्रतिक्रिया