काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिरहाका गणेश यादवलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।
यस्तै, नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिने निर्णय भएको छ । पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिल अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय क्याबिनेटले गरेको छ ।
साथै, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले बुझाएको एनसेलको सेयर खरिदबिक्रीको प्रतिवेदन सार्वजनिक गरिने भएको छ ।










प्रतिक्रिया