ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

काठमाडौँ। ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते छन्। 

बिहान कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बसमा यात्रा गरिरहेकी करिब ४० वर्षकी यात्रुको मृत्यु भएको छ। 

उनको पहिचान हुन सकेको छैन। घाइते १९ जनालाई उपचारका लागि बीएण्डबी अस्पताल र गोलोबल हस्पिटलमा लगिएको छ। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ। गाडीका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।