काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं र डा. धवलशम्शेर राणाकाे नेतृत्वमा नयाँ पार्टी गठन भएकाे छ । पार्टीमा सर्वोच्च नेता बन्ने भएका छन् । पार्टीको नाम ‘जय नेपाल पार्टी’ प्रस्ताव गरिएको छ ।
राप्रपा महामन्त्रीबाट राजीनामा दिएका धवलले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोलेका हुन् ।
पार्टीको विधान तयार भइसकेको छ भने कार्यालय चाबहिलमा राखिएको छ । निर्वाचन चिन्ह भने फाइनल भइसकेको छैन ।
प्रसाईंलाई सर्वोच्च नेताको सम्मान दिइए पनि उनी धवलशम्शेरपछिको बरियतामा रहनेछन् । धवलले अध्यक्ष बनेर पार्टी चलाउने छन् ।
एक नेताले भने, ‘पार्टी हाँक्ने धवलजीले नै हो । दुर्गा प्रसाईलाई सम्मान स्वरुप सर्वोच्च नेता दिइएको हो ।’
यसअघि प्रसाईंलाई सर्वोच्च कमाण्डर बनाउने तयारी थियो । तर उनले यतिमा चित्त नबुझाएपछि सर्वोच्च नेता बनाइएको हो ।
अब आउने चुनावपछि प्रसाईंलाई पार्टीको संसदीय दलको नेता बनाउन पनि अहिल्यै समझदारी गरिएको स्रोतले बताएको छ ।










प्रतिक्रिया