काठमाडौँ । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा उपसमिति थपेको छ । प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ६ उपसमिति गठन तथा संयोजकको जिम्मेवारी बाडफाँड गरेका छन् ।
प्रतिष्ठान प्रमुखले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेका हुन् । प्रतिष्ठान अन्तर्गत हालसम्म ३१ उपसमिति गठन भएका छन् ।
(क) अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमिति, संयोजक– सुमित शर्मा ‘समीर’
(ख) उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति, संयोजक– कैलाश के.सी.
(ग) यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमिति, संयोजक– प्रतीक्षा चापागाई
(घ) ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति, संयोजक– अनुपा श्रेष्ठ
(ङ) सिमान्तीकृत वर्ग र समुदायः सम्वाद र सशक्तिकरण उपसमिति, संयोजक– नरेन्द्र पासवान
(च) स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमिति, संयोजक– डोलराज भुसाल










प्रतिक्रिया