कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ः३० बजेबाट सुरु हुनेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, भोलि बस्ने प्रतिनिधिसभाको बैठकलगायतको विषयमा छलफल हुने जनाइएको छ।