दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर हिजाे राति पक्राउ गरेको हो ।

उनले हिजाे दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्दै राजसंस्था पुनर्स्थापनाकाे माग गरेका थिए । यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेेर पटक-पटक पक्राउ पर्दै आएका थिए ।