बढ्याे इन्धनको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ३१.१९ र डिजेलमा प्रतिलिटर रु. ३९.६७ ले बढेर आए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. ३  र डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले मात्रै वृद्धि गरिएको छ।

पहिलो वर्गअन्तर्गत अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. १९७.१५ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. १९७.१५ कायम भएको छ। यसरी मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा रु. १ अर्ब ४९ करोड घाटा हुने देखिएको छ।