सामाजिक सद्भावमा खलल पुर्‍याउने आठ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्‍याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।

१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।