प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम आज सर्वसम्मतले अनुमोदन गरेको हो ।

यस्तै आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम पनि सर्वसम्मत अनुमोदन भएको छ ।