काठमाडौं । नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति भएको छ।
प्रदेश सरकार सञ्चालनबारे एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच आज तीन बुँदे सहमतिमा हस्ताक्षर भएको हो।
सहमति पत्रमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ।
पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्थिर राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, सम्बृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र बनाउन एकैठाउँमा उभिएको उल्लेख छ।









प्रतिक्रिया