काठमाडौं । सत्ता गठबन्धनलाई निष्कर्षमा पुर्याउने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक वार्तामा जुटेका छन्।
नेकपाको उच्च स्रोतका अनुसार आज बिहान ११ बजेदेखि दुवै नेताबीच छलफल जारी छ। पहिलो चरणको वार्ता सकारात्मक बनेपछि अन्य नेताहरूलाई पनि छलफलमा सहभागी हुन बोलाइएको स्रोतले जनाएको छ।
उच्च स्रोतका अनुसार बिहान ११ बजेदेखि घनिभूत रूपमा छलफल भइरहेको छ। सहमति जुटेमा आजै हस्ताक्षरसमेत हुन सक्ने बताइएको छ।









प्रतिक्रिया