विदेशी महिलाका लागि अनैतिक काममा नेपाल किन बन्दैछ हब ?

काठमाडौं । विभिन्न देशबाट नेपाल आएर अनैतिक कार्य गर्नका लागि विदेशी महिलाले रुचाउने गरेको पछिल्लो घटनाक्रममले देखिएको छ । अनैतिक कार्य गर्ने देशको रुपमा नेपाललाई विभिन्न समयमा पक्राउ गरेको घटनाक्रमले समेत यो कुरालाई पुष्टि गरेको छ ।

नेपालमा अनैतिक कार्य गर्नमा विदेशी महिलाको आकर्षण बढेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी काठमाडौंद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

आर्थिक वर्ष २०८२–०८३ मा अनैतिक कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ परेको जानकारी जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिए ।

त्यसरी पक्राउ परेकामध्ये ४७ जना महिलालाई प्रहरी कारवाहीपश्चत् अध्यागमन विभागमार्फत सम्बन्धित देशमा फिर्ता ९डिपोट० गरिएको छ ।

प्रहरी कारावही सकिएर पनि बाँकी १० जना महिला डिपोट प्रक्रियामा रहेको प्रवक्ता भट्टारईले बताए । बैंककसहित विभिन्न अफ्रिकी मुलुकका महिलामा नेपालमा अनैतिक कार्यका निम्ति आकर्षण बढेको उनले बताए ।
नेपाललाई अनैतिक कृडास्थलको रुपमा प्रयोग नगराउनका लागि प्रहरीले आवश्यक सकृयता बढाएको समेत प्रहरीले जनाएको् छ ।