काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतान्त्रिक, प्रगतिवादी, वामपन्थी दलहरू एकताबद्ध हुन जरुरी रहेको बताउँदै समान उद्देश्यमा मिल्न प्रस्ताव गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दलहरूबीच आपसी दल एकताबद्ध हुन जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ । हामी सबै प्रगतिशील, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी, लोकतान्त्रिक, देशभक्त शक्तिहरू, सबै शक्तिहरू मिलेर देशका लागि, जनताको हितमा, लोकतन्त्र फिर्ता ल्याउन, संविधानको रक्षा गर्न, सुशासन फेरि फिर्ता ल्याउन, कानुनी राज पुनः स्थापना गर्न दृढताका साथ अगाडि बढौँ। एकजुट भएर अगाडि बढौँ ।’
उनले दलहरूलाई सहकार्यको प्रस्ताव राखे।
उनले भने, ‘सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔँ भनेको होइन । पार्टी आफ्ना आफ्ना भए पनि हुन्छ । काममा मिलौँ न । सहकार्य गरौँ न । समान उद्देश्यका लागि समान काममा त जुटौँ ।’










प्रतिक्रिया