डा. गोविन्द केसीले शुरु गरे अनशन

कामाठाडौं । प्रा.डा. गोविन्द केसीले अनशन शुरु गरेका छन् । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता केसीले कैलालीको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह(अनशन) शरु गरेका हुन्।

धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालामा बसेर उनले आज दिउँसोदेखि सत्याग्रह सुरु गरेका हुन्। हिजो(बुधबार) साँझ नै धनगढी पुगेका डा। केसी धर्मशालाको कोठा नम्बर २११ मा बसेका थिए। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रूपमा अनशन सुरु भएको घोषणा गरेका हुन्।

डा। केसीले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेका थिए। ती माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिए पनि सरकारले बेवास्ता गरेपछि सत्याग्रहमा बस्न बाध्य भएको उनले बताएका छन्।