काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका हुन् । ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र मेरिटोक्रेसी लागू गर्न माग गरेका छन् ।
विश्वविद्यालयहरूको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरूको भनाइ रहेको छ ।










प्रतिक्रिया